नेपाली साहित्य प्रतिष्ठान हङकङको आठौँ वार्षिकोत्सव सम्पन्न

नेपाली साहित्य प्रतिष्ठान हङकङ स्थापना भएको आठौँ वार्षिकोत्सवको उपलक्ष्यमा २००७जुलाई १ तारिखका दिन जोर्डनको मनकामना रेष्टुरेण्टको सभाहलमा कविता गोष्ठीको आयोजना गरी आठौँ वार्षिकोत्सव सम्पन्न गर्यो । सो कविता गोष्ठीमा हङकङेली नेपाली कवि, पत्रकारहरुको उपस्थिति रहेको थियो । प्रतिष्ठानका अध्यक्ष टंक साम्बाहाम्फेको सभापतित्वमा सम्पन्न भएको सो गोष्ठीमा सृजनशिल अराजक कवि हाङयुग अज्ञात प्रमुख अतिथिको रुपमा उपस्थित हुनुहुन्थ्यो । गोष्ठीमा कवि देश सुब्बा, देबेन्द्र खेरेश,भोगेन एक्ले, नरेश सुनुवार, राजाराम शाही,चन्द्र मादेन, निर खड्का, कमलप्रसाद पौड्याल, डीबी पालुङ्वा, देव गुरुङ, प्रकाशकृष्ण वाक्सिला,टीकाराम माखिम लगायतका कविहरुले आफ्ना नयाँ पुराना रचनाहरु वाचन गर्नु भएको थियो । कवि तथा गीतकार डिबी पालुङ्वाले संचालन गर्नु भएको कवि गोष्ठीमा जनजाति साहित्य समाजका अध्यक्ष भुपेन्द्र चेमजोङ, नेपाली महासंघका अध्यक्ष हेजेन र्राई पनि अतिथिको रुपमा उपस्थित हुनु भएको थियो । कार्यक्रममा अन्तराष्ट्रिय साहित्य समाज हङकङ च्याप्टरका अध्यक्ष तथा अन्तराष्ट्रिय साहित्य समाजका केन्द्रिय सदस्य पशन तमू व्दारा पठाइएको शुभकामना सन्देश तथा कार्यक्रममा उपस्थित हुन नसक्नु भएका कवि पशन तमू र दिल पालुङ्वाको कविता समेत वाचन गरिएको थियो । उक्त अवशरमा कवि हांयूग अज्ञातले नया लेखकको जन्म भन्ने आफ्नो घोषणा पत्र पनि जारी गर्नुका साथै सुनकोशी कन्ट्रक्सन कम्पनीका प्रवन्धक निर्देशक श्री तेज वहादुर राइले प्रत्येक वर्ष उत्कृष्ठ नारी कवियत्रिलाइ एउटा कलमको उपहार प्रदान गर्ने घोषणा गरेकाछन् । नेपाली साहित्य प्रतिष्ठान हङकङले स्थापना पछि प्रत्येक वर्ष हङकङमा कविता गोष्ठि आयोजना गर्दै आएको छ ।

Category:

No comments: